काठमाडौं । प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो ।

उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ईसाईपूर्वमा उनले सुकरातबाट शिक्षा लिएका थिए । उनी ४२८/४२७-३४७/३४८ मा जन्मिएका थिए ।



महान दार्शनीक प्लेटोका विशेषोपयोगी १८भनाईहरु

१. गरिबीको कारण सम्पत्तिको कमी होइन,चाहनाहरु धेरै भएर हो ।


२. हामी जे कुराको इच्छा राख्छौँ,कालान्तरमा हामी त्यहि बन्छौँ ।


३. ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।


४. सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँच्नु हो ।


५. सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।


६. शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउँनु हो ।


७. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउँनु हो ।


८. कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।


९. आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केहि चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।


१०. जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।


१. जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।


१२. सबै भन्दा खराब न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।


१३. आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।


१४. तीन श्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ,चाहना,भावना र ज्ञान ।


१५. प्रत्येकसँग नम्र बोल,किनभने तिमीले जसलाई भेट्छौ उ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुनसक्छ ।


१६. वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो,यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।


१७. यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ ।


१८. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

Tags: प्लेटो