इलाम ।    पराम्परागत रुपमा हरेक माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई नदीको सङ्गमस्थल त्रिवेणीमा यो मेला लाग्दै आएको छ ।
माघे सङ्क्रान्तिको दिन बिहानै देखि बेनीमा मकर नुहाउनेको भिड लग्ने गर्दछ ।

माई र जोगमाई नदीको संगम स्थलमा रहेको शिवालय धाममा बिहानै देखि भक्तजनको घुईचो लग्ने गर्द्छ ।


माघ १ गते माई र जोगमाईको सङ्गमस्थलमा मकर नुहाएर त्यहाँको शिवालयको दर्शन गरेमा चिताएको पुग्ने विश्वासका साथ यहाँ धेरै धर्मावलम्बीहरु आइपुग्छन् ।

माईबेनी मेला भर्न इलाम जिल्लाका विभिन्न ठाउँका धर्मावलम्बी साथै छिमेकी भारतको दार्जि्लिङ, सिक्किम, असाम लगायतका स्थानबाट पनि यो मेलामा भक्तजनहरु आउने गरेको पाइयेको छ।
मेलामा उखु र तरुलको ब्यापार समेत हुने गरेको छ । 


यो बर्ष पौष २८ सोमबार देखि माघ २ बिहीवार सम्म मेला लग्ने छ ।
आधिकरिक जानकारी  नभए पनि १५० वर्ष भन्दा पनि पहिलेबाट यो मेला लाग्न थालेको जानकारहरु बताउछ्न ।